गृह पृष्ट
बिक्रम सम्बत २००१ सालमा सामूहिक प्रयासबाट हाईस्कुलको रुपमा अध्यापन प्रारम्भ भएको श्री पब्लिक बिन्देश्वरी
माध्यमिक बिघालय २०२० सालमा मल्टिपर्पस व्यबसायिक शिक्षा सँचालन रहेको र २०२९ साल देखी व्यबसायिक माध्यमिक बिघालय रहेको यस श्री पब्लिक बिन्देश्वर उच्च माध्यमिक बिघालयमा बि.स.२०५९ भाद्र देखी ब्ल्ल्भ्ह् कार्यक्रम प्रारम्भ भएको हो । प्राविधिक शिक्षा तथा व्याबसायिक तालिम परिषदको सहयोगमा जनउपयोगी तथा रोजगारमुखी शिक्षा प्रदान गर्ने उदेश्यले क्ीऋ अनुतीर्ण बिघार्थीहरुलाई २९ महिने भभिअतचष्अब िकगद(यखभचकभभच अयगचकभ ९त्क्ीऋ० प्रशिक्षण कार्य हदै आएको छ । यो बिघालय महेन्द्र्र राजमार्ग देखी १० किलोमीटर दक्षिण सप्तरी जिल्लाको सदरमकाम राजबिराजमा पर्दछ । यो बिघालय ८ बिघा परिसरमा फैलिएको छ । १ कक्षा देखी १० कक्षा सम्म बिघाथीको सँख्या ११ सय रहेको छ । माध्यमिक बिघालय स्तरमा ११ जना शिक्षकको दरवन्दी, नि. मा. वि. स्तरमा ७ वटा शिक्षकको दरवन्दी र प्रा. वि. स्तरमा ८ वटा शिक्षकको दरवन्दी रहेको छ । बाल बिकाश शिक्षा अन्र्तगत ३ जना सहजकर्ता र दृष्टिविहिन श्रोत कक्षा तर्फ २ जना सहजकर्ता रहेका छन् । यस विघालयमा ना.सु. स्तरका कर्मचारी १ जना तथा कर्मचारी(पियन) को संख्या ६ र स्वीपर १ जना रहेका छन ।




